Section 13
रचना, प्रस्तोता, ध्वनि उत्पादक वा प्रसारण संस्थाको संरक्षण
(१) देहायका रचयिताको रचनालाई यस ऐन बमोजिमको संरक्षण प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकमा बसोबास गर्ने रचयिताबाट रचित नेपाल राज्य वा सोही मुलुकमा प्रकाशन भएको रचना,
(ख) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकमा बसोबार गर्ने उत्पादकबाट उत्पादित श्रव्य–दृश्य रचना,
(ग) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकभित्र गरिएको भवनको आर्किटेक्चरल डिजायन वा भवन वा अन्य कुनै संरचनामा प्रयोग गरिएको अन्य कुनै प्रकारको कलात्मक रचना,(घ) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुक बाहेक अन्य मुलुकमा बसोबास भएको रचयिताबाट नेपाल राज्यमा प्रकाशित रचना वा त्यस्तो मुलुकको उत्पादकबाट नेपाल राज्यमा उत्पादित श्रव्य दृष्य रचना ।
(२) देहायका प्रस्तोतालाई यस ऐन बमोजिमको प्रस्तोता सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापारा संगठनको सदस्य मुलुकको प्रस्तोता,
(ख) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकमा प्रस्तुत गरिएको कुनै प्रस्तुति वा यस ऐन बमोजिम संरक्षण प्राप्त ध्वनि अङ्कनमा प्रयुक्त भएको प्रस्तुति वा ध्वनि अङ्कनमा समाविष्ट नगरेको भए पनि प्रसारणमा समाविष्ट प्रस्तुतिको प्रस्तोता ।
(३) देहायका ध्वनि अङ्कन उत्पादकलाई यस ऐन बमोजिमको ध्वनि अङ्कनको उत्पादक सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकका व्यक्तिबाट उत्पादित ध्वनि अङ्कन,
(ख) नेपाल राज्य वा विश्व व्यापार संगठनकोसदस्य मुलुकमा प्रकाशन भएको ध्वनि अङ्कन,
(४) देहायका प्रसारण संस्थालाई यस ऐन बमोजिमको प्रसारण संस्था सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापारा संगठनको सदस्य मुलुकमा कार्यालय रहेको प्रसारण संस्थाबाट प्रसारित प्रसारण,
(ख) नेपाल राज्य वा विश्व व्यापार संगठनको सदस्य मुलुकमा अवस्थित प्रसारण केन्द्रबाट प्रसारित प्रसारण ।